कारोबार खुलेको ५३ सेकेन्डमै नेप्सेमा पोजेटिभ सर्किट

काठमाडौं, ५ साउन । सेयर बजारमा कारोबार खुलेको एक मिनेट पनि नहुँदै ४ प्रतिशतले बढेपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको छ ।

प्री-ओपनिङ नै साढे ३ प्रतिशतभन्दा बढीले उकालो लागेर खुलेको नेप्सेमा सर्किट लागेसँगै २० मिनेटको लागि कारोबार रोकिएको हो ।

बजार खुल्ने बित्तिकै नेप्से सूचक ४ प्रतिशतभन्दा बढी अर्थात् ६० अंकले बढेपछि पहिलो सर्किट लागेको हो । नेप्से सूचक १५३९ अंक पुगेको छ ।

आइतबार जम्मा ८ मिनेट कारोबार भई तेस्रो सर्किट लागेर बन्द भएको थियो । नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here