बजार खुलेको डेढ मिनेटमा ९ करोड १९ लाखको सेयर कारोबार

काठमाडौं, ५ साउन । कारोबार खुलेको एक मिनेट पनि नहुँदै पहिलो पोजेटिभ सर्किट लागेको नेप्सेमा २० मिनेट कारोबार रोकिएर खुलेको अर्को १ मिनेट नबित्दै दोस्रो पोजेटिभ सर्किट लागेको छ ।

उक्त समयको अवधिमा १२२ कम्पनीका २ लाख २३ हजार ६९६ कित्ता शेयरहरु ८६४ पटक किनबेच हुँदा ९ करोड १९ लाख ४२ हजार रुपैयाँको कारोबार भयो ।

यो तीब्र गतिको बढोत्तरी तथा कारोबार कूल १ मिनेट ३५ सेकेण्ड भित्र भएको हो । यो अवधिमा बजार परिसूचक नेप्से ७४.०२ अंकले बढेर १५५३.०६ अंकमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here