पहिरोले गोठ भत्किँदा गोरखामा एक महिलाको मृत्यु

फाइलफोटो

काठमाडौं, ५ साउन । पहिरोले गोठ भत्किँदा गोरखामा एक जना महिलाको मृत्यु भएको छ ।

सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलकी ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार पहिरोले गोठ भत्काएर बगाउँदा महिला बेपत्ता थिइन्। ताङ्लीचोकबाट गएको प्रहरी टोलीले खोजी गर्दा महिलाको शव फेला परेको हो ।

फुजेलको कौदीखोलामा रहेको गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here