एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

काठमाडौं, ५ साउन । एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच विभिन्न गतिविधिमा साझेदारीका लागि समझदारी भएको छ ।

संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा एनएमबीका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले सोमबार हस्ताक्षर गरे ।

एनएमबी बैंकले देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।

बैंकले हाल देशभरी १ सय ६७ शाखा, १ सय ३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here