आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १७ वैशाख। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँ बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।

बैंकासुरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने इन्स्योरेन्सले बताएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवा प्रदानगर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here