धादिङमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, ६ साउन । अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा धादिङको त्रिपुरासुन्दरीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

खड्काका अनुसार मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी पत्नी २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता छन्। मध्यराति आएको पहिरोले घर पुर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here