राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आफ्नो मातहत रहेका सात वटा विभाग तथा कार्यालयको नाम फेरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन भएको जनाएको छ । राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ।

लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ।

संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, अनुसन्धान विभागको नाम ‘आर्थिक अनुसन्धान विभाग’ भएको छ ।

सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ। उपत्यका बाहिरका कार्यालयहरुको नाम ‘प्रदेशस्थित कार्यालय’मा रूपान्तरण भएको छ।