बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति ५ करोड भन्दा बढी पुनर्कर्जा दिन नपाउने

काठमाडौं ६, साउन । हरेक बैंकले प्रक्तिव्यक्ति ५ करोड रुपैयाँ भन्दा बढी पुनर्कर्जा प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । मंगलबार राष्ट्र बैंकले जारी गरेको पुनर्कर्जा कार्यविधिमा उक्त व्यवस्था छ ।

पुरानो कार्यविधि अनुसार प्रतिव्यक्ति ५० करोड रुपैयाँ पुनर्कर्जा दिन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले बैैकलाइए एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको हो । तर, राष्ट्र बैंकमार्फत उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँ सम्म हुने व्यवस्था छ ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । यस्तो कर्जा नवीकरण हुने छैन । तर, कोभिडबाट प्रभावित ऋणीको हकमा भने पुनर्कर्जा नविकरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here