चैत ११ देखि लागू गरिएको लकडाउन अन्त्य: के खुल्छ, के खुल्दैन ?

फाइलफोटो

काठमाडौं, ७ साउन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउन आजबाट अन्त्य भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउनको अन्त्यसँगै निजी सवारीको जोर विजोर हटाइएको हो ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले जोर विजोर प्रणाली हटाएको सरकारले जनाएको छ । कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।

त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना सञ्चालन गर्न नपाइने भएको छ।

यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

संक्रमण बढे खुला गरिएका क्षेत्र पुनः बन्द गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here