एक चिनियाँ नागरिकसहित नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, ७ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भएका ६० वर्षिय पुरुष रहेकाे गाैतमले बताए । उनलाई साउन २ गते विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे ।

उपचारकाे क्रममा उनकाे हिजाे अर्थात साउन ६ गते मृत्‍यु भएकाे हाे ।

यस्तै अर्काे व्यक्ति पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । कुल संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here