सोमबार हार्ट अट्याकको खतरा सबैभन्दा उच्च !

व्यस्त जीवन र कामको भागदौडको बीचमा धेरै मानिसले आफ्नो स्वास्थ्यमा उचित ध्यान दिन समय नै पाँउदैनन् । त्यस्तै आधुनिक जीवनशैलीको कारणले पनि धेरै मानिसहरुको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।

हामीले आफ्नो खानपानमा खासै ध्यान दिने गर्दैनौं । जे भेट्यो त्यति खाइहाल्ने धेरैको बानी हुन्छ । तर, अस्वस्थ खानेकुरा र भोजनको कारणले गर्दा धेरै मानिसहरुमा मुटुको समस्या देखिन थालेको छ र उनीहरुलाई हार्ट अट्याकका जोखिम पनि बढीरहेको छ ।

हार्ट अट्याक उमेरदार मानिसहरुलाई मात्रै हुन्छ भन्ने छैन यो जुनसुकै उमेरका मानिसहरुलाई पनि हुन सक्छ ।

सोमबार हार्ट अट्याकको धेरै खतरा

हालसालै भएको एक नयाँ अध्ययनको रिपोर्टमा हार्टअट्याक सम्बन्धी अनौठो तथ्य फेला परेको छ । शोधकर्ताहरुले सात वर्षमा १ लाख ५६ हजार हार्ट अट्याक भएका मानिसहरुको अध्ययन गर्दा धेरै मानिसहरुलाई सोमबार हार्ट अट्याक हुने र शनीबार सबैभन्दा कम हुने पत्ता लागेको छ ।

अनुसन्धान अनुसार सोमबार युवा र काम कामकाजी मानिसहरुलाई धेरै हार्ट अट्याक आउने खतरा हुन्छ किनकी अरु दिन भन्दा सोमबार कामको पे्रसर धेरै हुन्छ ।

त्यसैले अन्य दिनको तुल्यानमा सोमबार हार्ट अट्याक हुने खतरा २० प्रतिसत सम्म हुने बताइएको छ ।
त्यस्तैे अध्ययन अनुसार डिसेम्बर महिनामा धेरै हार्ट अट्याक खतरा हुन्छ र जुलाई महिनामा धेरै कम हुन्छ ।

किन हुन्छ हार्टअट्याक ?

जो मानिसहरुको मनमा धेरै तनाव हुन्छ उनीहरmलाई हार्टअट्याकको धेरै खतरा हुन्छ । धेरै तनाव लिएको कारणले शरीरको रक्तसञ्चार प्रणालीमा असर पर्न सक्छ र यसैकारणले हार्ट अट्याकको खतरा हुन्छ ।

हार्ट अट्याक कम गर्नको लागि निम्न उपायहरु अपनाउन सकिन्छः

-नियमित रुपमा एक्सरसाइज गर्ने
-तनाव कम गर्न कमेडी फल्म हेर्ने तथा म्यूजिक सुन्ने
-पोषण तत्वयुक्त खानेकुरा खाने

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here