भूकम्प, कोरोनापछि अब बाढी पहिरो बीमा, विपत्तिले गर्ने क्षतिबाट रक्षावरण

Photo source: National Apartment Association

काठमाडौं, ८ साउन । भुकम्प अघि नै भूकम्पबाट हुने क्षतिलाई अग्नी बीमामा समावेश गरेको र कोरोनाभाइरसको महामारी पछि यसका लागि विशेष बीमा घोषणा गरेको बीमा समितिले अब बाढी तथा पहिरोबाट हुने क्षतिको बीमा पोलिसी ल्याउने तयारी गरेको छ ।

बाढी र पहिरोजस्त विपत्तिबाट हुने क्षतिलाई लक्षित गरेर विशेष पोलिसी ल्याउन लागेको समितिले बताएको हो । २०७२ सालको भुकम्पअघि घोषणा गरिएको भूकम्प बीमा पनि बेग्लै नल्याई अग्नी बीमामा समावेश गरिएको थियो ।

नेपाल बाढी पहिरोको चरम जोखिममा रहेको र त्यसले हरेब वर्ष अमूल्य जीवन तथा अर्बौंको सम्पत्तिमा क्षति पुर्याइरहेकाले त्यसलाई सम्बोधन गर्न विशेष प्रडक्ट आवश्यक रहेको बीमा क्षेत्रको नियामकको भनाइ छ ।

सम्पत्ति तथा ज्यानको बीमालाई हाल सञ्चालनमा रहेका सम्पत्ति तथा दुर्घटना बीमामा समावेश गरिने संभावना रहेको समितिले बताएको छ । त्यसका लागि स्थानीय तहसँग समेत समन्वय गर्ने नीति बनिरहेको छ ।

अहिले उसले नयाँ बीमा प्रडक्टका लागि शुल्क तथा अन्य विषयका बारेमा अध्ययन गरिरहेको छ । सो कार्य सकिएपछि पोलिसीका लागि निर्देशिका तथा प्रक्रिया निर्धारण गरिने छ र कम्पनीहरुलाई सो प्रडक्ट सञ्चालन गर्न अनुमति दिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here