काठमाडौं, ८ साउन । सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च भएको छ।
बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकेको छ।
पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ४५ पुगेको महासंघले जनाएको छ ।