उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका १ जना, काठमाडौंका २ जना, पाटन अस्पतालमा काठमाडौंका ३ जना, स्टार अस्पतालका ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसंगै हाल संक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here