भारतमा कोरोनाको नयाँ रेकर्ड, थपिए हालसम्मकै सबैभन्दा धेरै संक्रमित

काठमाडौं, ९ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार तीन सय १० जना नयाँ संक्रमित फेला परेका छन् । यो संख्या एकैदिन देखिएकोमा अहिलेसम्मकै उच्च हो ।

दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here