एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ देखि

काठमाडौं, ९ साउन । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख चार हजार ६०० हजार रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको ३३ लाख ९८ हजार ४६० कित्तामध्ये १ लाख ६९ हजार ९०२ कित्ता (५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोष र ६७ हजार ९६१ किता (२ प्रतिशत ) सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधरण आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५र७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २.४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here