स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण छोट्याएर राष्ट्रपति स्वदेश फिर्ता

फाइल तस्वीर

काठमाडौं, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी देश चीनको राजकीय भ्रमण छोट्याएर बुधवार बिहान स्वदेश फर्किएकी छन् ।

गत वैशाख ११ गते ९ दिने भ्रमणको लागि चीन गएकी राष्ट्रपति भण्डारीको एक दिन अगावै फर्किएकी हुन् ।

बुधवार बिहान उप राष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भण्डारीकाे स्वागत गरेका थिए ।

दोस्रो बेल्ट एण्ड रोड फोरमको सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन गएकी थिइन् । भ्रमणकाे क्रममा नेपाल र चीन बीच सन् २०१६ मा भएकाे पारवहन प्राेटाेकलमा हस्ताक्षर समेत भएकाे थियाे ।

राष्ट्रपति भण्डारी ‘हाई अल्टिच्यूट’का कारण विरामी भएको बताइएको छ ।

राष्ट्रपति भण्डारी भ्रमणको क्रममा मंगलबार ल्हासा पुगेकी थिइन् । उनी त्यँहीबाट काठमाडौं फर्केकी हुन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई नेपाल भ्रमणकाे निम्ताे समेत दिएकी  छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here