च्याम्पियन्स लिगमा बार्सिलोना र लिभरपुल भिड्दै, कुन टिम बलियो ?

काठमाडौं, १८ बैशाख । च्याम्पियन्स लिगको सेमीफाइनलमा आज राती स्पेनी क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल भिड्दै छन् ।

दुई टिमबीच सेमिफाइनलको पहिलो लेगको खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सुरु हुनेछ ।

कप्तान लियोनेल मेस्सीको उत्कृष्ट लयमा रहेको बार्सिलोनाका अर्का फरवार्ड लुइस सुवारेज पनि फर्ममा छन् । त्यस्तै लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सलाह र नाइजेरियाली सादियो माने पनि उच्च लयमा रहेका छन् ।

आ–आफ्नो घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरीरहेका यी दुई टिमको खेललाई बहुप्रतिक्षित मानिएको छ ।

तथ्यांक यस्तो छ

बार्सिलोना र लिभरपुल च्याम्पियन्स लिगमा हालसम्म ५ पटक आमुन्ने सामुन्ने भएका छन् । जसमा २ पटक बार्सिलोनाले जितेको छ भने २ पटक लिभरपुलले जितेको छ । त्यस्तै १ खेल बराबरीमा सकिएको छ ।

तीन खेल अगावै यस सिजनको लालिगा उपाधी उचालेको बार्सिलोना यस वर्ष च्याम्पियन्स लिग पनि जित्ने दाउमा रहेको छ ।

त्यस्तै प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग उपाधीको लागि प्रतिस्पर्धा गरीरहेको लिभरपुल बार्सिलोनालाई हराएर लगातार दोस्रोपटक फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रने छ ।

अघिल्लो वर्ष च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल रियल मड्रिडसँग ३—१ गोल अन्तरले पराजित भएको थियो ।

च्याम्पियन्स लिगको अन्तिम आठमा इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडलाई हराएर बार्सिलोनाले सेमीफाइनलमा स्थान बनाउँदा लिभरपुलले र्पोचुगलको पोर्टोलाई पाखा लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here