महँगियो तरकारी: आलुको भाउ एक महिनामै दोब्बर

काठमाडौं, १० साउन । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको आलुको भाउ एक महिनामै दोब्बर नजिक पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार शनिबार रातो आलुको थोक मूल्य प्रतिकेजी ७० रुपैयाँ र मुडेको आलु प्रतिकेजी ६० रुपैया रहेको छ । एक महिना अघि असार ११ गते रातो आलु ४२ रुपैयाँ र मुडेको आलु ३४ र सेतो आलु २८ रुपैयाँ थियो ।

अन्य तरकारी गोलभेडा सानो प्रतिकेजी २८, गोलभेडा सानो(टनेल) ३३, प्याज सुकेको भारतीय ३२, गाजर (लोकल) ५८, बन्दा (लोकल) ३८, काउली स्थानिय ११५, मूला सेतो (लोकल)६२, सेतो मूला ६२ रुपैयाँ पुगेको छ ।

उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक(होलसेल) मूल्य हो । बाहिरी खुद्रा बजारमा अझ यो भन्दापनि बढी मूल्यमा फलफूल तथा तरकारीको कारोबार भइरहेको छ ।

समग्रमा हेर्दा अन्य तरकारीको मूल्य बढेको छ। मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।

तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here