शनिबार ४ हजार ७५ परीक्षणमा १ सय ९ जनालाई देखियो कोरोना

फाइलफोटो

काठमाडौं, १० साउन । नेपालमा शनिबार कुल ४ हजार ७५ नमुना परीक्षणको नतिजा आएको छ । जसमध्ये १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भइसकेको छ । सरकारले लकडाउन खुला भएसँगै पुनः संक्रमण बढ्न थालेको छ । नेपालमा शनिबारसम्म ४५ जनाको मृत्यु भइसकेको छ । देशभरबाट १३ हजार ५३ जनाले कोरोनालाई पराजित गर्न सफल भएका छन् । शनिबार डोटीमा सबैभन्दा बढी १३ जना संक्रमित थप भएका छन् ।

सुर्खेत र सप्तरीमा ११\ ११ जना कोरोना पुष्टी भएको छ । पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६\ ६ जना र दाङमा ५ जनामा कोरोना देखिएको छ । रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४\ ४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३\ ३ जनामा कोरोना देखिएको छ । काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २\ २ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एक\एक जना कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here