प्रहरी प्रधान कार्यालयकै चार जना प्रहरीमा कोरोना

काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ ।

केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको स्रोतले जनाएको छ ।

तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन

प्रहरी प्रधान कार्यालयमा ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here