हिमालयन बैंकको नयाँ कर्जा योजना, एसएमई कर्जा पाँच लाखदेखि ६ करोडसम्म

काठमाडौं, ११ साउन । हिमालयन बैंकले मुलुकको परिस्थितिलाई ध्यानमा राखी एकल अंकको व्याजदर सहितको ११ प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ ।

हिमालयन बैंकले ८.४९ र ९.८९ प्रतिशत ब्याजदरका विभिन्‍न कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत ब्याजदरको कर्जा योजनामा एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन्।

त्यसैगरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन्।

त्यस्तै बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् ।

ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन्। हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here