बुद्ध होलिडेजले ल्यायो आकर्षक र सस्तो प्याकेज, आन्तरिक पर्यटन ब्युँताउने प्रयास

काठमाडौं, ११ साउन । बुद्ध एयरको भागिनी संस्था बुद्ध होलिडेजले घुम्‍न चाहने आन्तरिक पर्यटकका लागि छुटसहितको प्याकेज तयार पारेको छ ।

आन्तरिक उडान खुलेपछि पोखरा र चितवन घुम्न पोखरा तथा चितवनका होटलसँगको सहकार्यमा सस्तो प्याकेज ल्याएको हो ।

अहिलेको स्थितिलाई चलायमान बनाउनका लागि बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटलको बसाइँ, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटल र फेरि फर्किंदा एयरपोर्टको गाडी सुविधा समावेश छ ।

यसैगरी चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य जम्माजम्मी ७ हजार ९ सय ९९ रूपैया तोकिएको छ । जसमा दुईतर्फी हवाई टिकट, तीनतारे होटलको बसाइ, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटल र फेरि फर्किंदा एयरपोर्टको गाडी सुविधा समावेश छ ।

यसको मुख्य उद्देश्य सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवर्द्धन गर्नु र यहाँका सेवा सुरक्षित छन् भनेर विदेशी पर्यटकलाई देखाउनु रहेको कम्पनीले जनाएको छ ।

यो योजना सीमित अवधिभरका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here