नुवाकोटको थप एक जनामा कोरोना संक्रमण

नुवाकोट ११ साउन । नुवाकोटको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आइतबार सुर्यगढी गाँउपालिकको २४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । त्यसमध्ये ३४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्रिशुली अस्पतालमा दुई जनाको र शसस्त्र प्रहरी बल कोरोना अस्पतालमा एक जनाको उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here