१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले साउन १२ सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here