सुनको भाउमा फेरि रेकर्ड ब्रेक, तोलाको एक लाख नजिक

काठमाडौं, १२ साउन । सुनको मूल्य सोमबार प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

आइतबार छापावाल सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९५ हजार ८सय ६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here