भदौं १ गतेदेखि यसरी हुनेछ एकसाता आन्तरिक हवाइ उडान

फाइलफोटो

काठमाडौं, १२ साउन । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने निर्णय गरेसँगै वायुसेवा कम्पनीले तयारी तीव्र पारेका छन् ।

कोरोना संक्रमणको कारण लामो समयपछि खुल्न लागेको हवाई उडानमा अन्तर्राष्ट्रिय उडान दैनिक कति गर्ने भन्ने टुङ्गो नलागेपनि आन्तरिकको भने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रिपरिषदको बैठकले पर्यटन मन्त्रालयलाई हवाई उडानका लागि प्रोटोकल बनाउनका लागि निर्देशन दिएको थियो । प्राधिकरण, वायुसेवा सञ्चालक लगायतको छलफलबाट तयार पारेको तयारी अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानको समय निर्धारण गरिएको छ ।

पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ ।

यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही नागरिक उड्यन प्राधिकरणसँग सेड्युहल माग गर्नुपर्ने छ ।

यस्तै काउन्टरबाट यात्रुलाई चेक जाँच गरिसकेपछि सम्बन्धित वायु सेवा कम्पनीले डिपाचर क्षेत्रबाट छिटो भन्दा छिटो उडान गर्न आफ्ना यात्रुलाई हवाइजहाज तर्फ प्रस्थान गराउनुपर्ने पनि भनिएको छ ।

यदि कुनै प्राविधिक कारण वा मौसमका कारण ढिलाइ भएमा बस जहाज वा ह्याङ्गरमा उपयुक्त व्यवस्थापन गर्नुपर्नेछ । यो व्यवस्था भदौ महिनाको पहिलो हप्ताको लागि मात्र तय गरिएको । सो को आधारमा पुन ५ गतेपछि थप निर्णय हुने उल्लेख छ ।

उल्लिखित निष्कर्ष मन्त्रालयमा पुगेको र मन्त्रालयले स्वीकृति दिएपछि प्राधिकरणले हवाइ सेवा कम्पनीहरुलाई माथिको व्यवस्था अनुसार उडान गर्न सर्कुलर जारी गर्ने स्रोतले जनाएको छ ।

यसअघि बुद्ध एयरले हवाइ उडान शुरु भएपछि अपनाउनु पर्ने सावधानीबारे नमुना उडान समेत गरि सकेको छ भने अन्य एयरपनि प्राधिकरणले तोकेका प्रक्रिया पूरा गरि सर्तकताको साथ उडान गर्नको लागि तयारी अवस्थाका रहेका छन् ।

सरकारको निर्णयसँगै सरकारको उक्त निर्णयसँगै निजी वायुसेवा कम्पनीहरु बुध्द एयर, यति एयरलायन्स र सिम्रिक एयरलाइन्सले वेवसाइट तथा मोबाइल एपबाट टिकट बिक्री शुरु गरिसकेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन यही साउन ६ गते अन्त्य भइसकेको छ ।

भदौ १ को पर्खाइमा वायुसेवा कम्पनी: गन्तव्य अनुसार भाडादर कति ?

अब यसरी हुनेछ आन्तरिक हवाइ उडान (फोटोफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here