एनआईसी एसियाको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस ब्यालेन्स

काठमाडौं, १८ बैशाख । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूका लागि बोनस अफरको घोषणा गरेका छन् ।

उक्त अफरमा एनआईसीद्वारा जारी क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।

यो योजना बैशाख १९ गते एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् ।

प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १ हजार रुपैयाँ (कर सहित) मात्र हुनेछ । त्यसैगरी, एक जना खल्ती प्रयोगकर्ता यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ ।

यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङको लागि साइनअपगरी युजरनेम र पासवर्ड प्राप्तगर्न सक्नेछन् ।

राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here