होटेल लगायत पर्यटनका ऋणीले ब्याज तिर्ने म्याद २ वर्ष

काठमाडौं १२, साउन । कोभिडबाट अति प्रभावित होटेल लगायत पर्यटन क्षेत्रका ऋणीले बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने सावा ब्याज भुक्तानीका लागि २ वर्षसम्मको म्याद पाएका छन् । राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तिन भागमा विभाजन गरेको छ ।

यसका आधारमा तीन महिना देखि एक वर्षसम्मको म्याद दिएको छ । तर, होटेल लगायत पर्यटन क्षेत्रका लागि २ वर्षसम्मको समय दिइएको राष्ट्र बैंकले जनाएको छ । यी व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here