करीब ३ लाख बाल मजदुर, घरायसी काममा जोतिन्छन् छोरीहरु

काठमाडौं, १८ बैशाख । नेपालमा करीब ३ लाख बालबालिका ज्यालादारी मजदुरी गर्न बाध्य छन् । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २०७४/४५ का अनुसार ४ प्रतिशत ज्यालादारी मजदुरको रुपमा काम गर्छन् ।

देशभर रहेका ५ देखि १७ वर्षसम्मका करीब ७० लाख बालबालिकामध्ये २ लाख ८६ हजारले आयआर्जनका लागि काम गर्ने सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी, २१ लाख बालबालिका आफूले प्रयोग गर्ने सामानको तयारीका लागि काम गर्ने गरेको पनि अध्ययनको निष्कर्श छ ।

सर्वेक्षणले नेपाली समाज अझै पनि छोरीलाई घरायसी काममा जोताउने परम्पराबाट बाहिर निस्किन नसकेको देखाएको छ । कुल बालबालिकामध्ये ४७.५ प्रतिशत छोरीहरु घरधन्धा गर्छन भने घरभित्रको काममा सघाउने छोराको संख्या १९.२ प्रतिशत मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here