आरम्भ चौतारी लघुवित्तको सेयर बुधबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं, १३ साउन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २६ लाख बढी कित्ता सेयर बुधबारदेखि कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै बुधबारबाटै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना रहेको छ।

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार ४८० कित्ता सेयर सूचीकृत भएको हो। ।

नेप्सेले आरम्भ चौतारी लघुवित्तको पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज ४४८.०७ रुपैयाँ तोकेको छ।