नेप्से परिसूचक ७.५९ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

काठमाडौं, १३ साउन । सेयर बजारमा मंगलबार पनि ओरालो लागेको छ । सोमबार २.६४ अंकले अंघटेको बजार बुधबार ७.५९ अंकले घटेको हो ।

सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ । मंगलबार १८५ कम्पनीको १ अर्ब २५ करोड ८४ लाख ३६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ । यो हिजोको तुलनामा करिब ५६ करोडले कम हो । आज ३२ लाख ४४ हजार ५८१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका १२ वटा समूहमध्ये म्युचुअल लगानी कोष र वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ६६ रुपैयाँ रहेको छ ।

बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य क्रमशः ९.९४ र ९.०९ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here