थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५पुगेको छ।

कुल संक्रमितमध्ये ४८ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here