१ करोड ४ लाखले जिते कोरोना, ६ लाख ६२ हजारको मृत्यु

फाइलफोटो

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ६८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टा २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको हो। संक्रमण मुक्त हुनेको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४७३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here