सुनको मूल्य हालसम्मकै उच्च, चाँदी घट्यो

काठमाडौं, १४ साउन । नेपाली बजारमा सुनको बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन ९८ हजार ६५ रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घटेर १२ सय २५ रुयैयाँमा कारोवार भैरहेको छ । मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि बढिरहेको चाँदीको मूल्य आज भने घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here