नेप्से परिसूचक २३.३६ अंकले घट्यो, कारोबार भएका सबै समूह राताम्मे

काठमाडौं, १४ साउन । सेयर बजारमा बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार ७.९ अंकले घटेको नेप्से बुधबार २३.३६ अंकले घटेर १४३१.५२ विन्दुमा आइपुगेको छ ।

बुधबार १८१ कम्पनीको १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम भने करिब ४३ करोडले बढेको छ । आज ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १९० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा १५९, होटल ५९, माइक्रोफाइनान्स ५५, उत्पादनमूलक ४९, बैंकिङ र विकास बैंक २१ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here