बजारमा वाणिज्य बैंककै प्रभुत्व कायम

काठमाडौं, १९ वैशाख । गत साता निरन्तर रुपमा बढेको सेयर बजार यो साताको सुरु देखि नै घट्दो क्रममा छ ।

पछिल्ला करिब ३ साता यता नेप्से बढेको २ सय अंक माथि पुगिसकेको थियो । त्यसपछिका दिनमा खासगरी गत आइतबार देखि नेप्से घटदो क्रममा छ । यसलाई विश्लेषकहरुले करेक्सनको संज्ञा दिएका छन् ।

गत साता आक्रामक रुपमा रहेको बजार यो साता सुस्ताएको हो । बजार निरन्तर बढिरहेको समयमा वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण निकै बढेको थियो । त्यसपछिका केही दिन लगानीकर्ता केही बिमा कम्पनी र केही लघुवित्तको सेयरमा लागेको पनि देखियो । यो प्रवृति निकै छोटो रहयो ।

अहिले फेरी बजारले प्रवृति फेरेको छ । फेरी वाणिज्य बैंकहरुकै सेयरमा लगानीकर्ता मोडिएका छन् । कुल कारोबारमा वाणिज्य बैंक आवद्ध बैकिङ समूहको हिस्सा धेरै हुनुले त्यहि देखाउँछ ।

गत साता कुल कारोबारमा वाणिज्य बैंक समूहको अंश करिब ६७ प्रतिशत रह्यो । कुल कारोबारमा बैकिङ समूहको अंश धेरै पछि यति धेरै पुगेको हो । सामान्य अवस्थामा यो समूहले कुल करोबारको ४५ देखि ५० प्रतिशत अंश ओगटदै आएको छ ।

गत साता बिमा समितिले बिमा कम्पनीहरुको मर्जर तथा एक्विजिसन सम्बन्धी निर्देशिका जारी गर्याे । समितिले यसअधिको निर्देशिका खारेज गरी जारी गरेको नयाँ निर्देशिकामा मर्जर तथा एक्विजिसन सम्बन्धी केही खुकुलो नीति ल्याइएको छ ।

यद्यपि यो नीतिको प्रभाव बिमा कम्पनीहरुको सेयर मूल्यमा खासै प्रतिविम्बित भएन । अपबाद नगन्य बिमा कम्पनी र लघुवित्त वित्त संस्थाको सेयर मूल्य भने केही बढेको थियो ।

पछिल्ला दिनमा बजार परिपक्को हुदै अघि बढेकाले अहिले पनि बैकिङ समूहमा लगानीकर्ताको घुइचो देखिएको जानकारहरु बताउँछन् । बजारको बारेमा बुझेर मात्र लगानी गर्ने अधिकांश विवेकशिल लगानीकर्ताको छनौटको पहिलो नम्बरमा वाणिज्य बैंकहरुको सेयर पर्ने ती उनीहरुको तर्क छ ।

अझै वाणिज्य बैंकको प्रभुत्व कायम हुनुको कारण :
 
– अझै पनि राम्रा बैंकको सेयर मूल्य बजारको औसत भन्दा कम छ ।
– प्रतिफलको सुनिश्चितता ।
– अन्य क्षेत्रका कम्पनीहरुमा राम्रो प्रतिफलको न्यून सम्भावना ।
– बैंकहरुको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सकारात्मक हुनु ।
– मध्यकालिन र दीर्घकालिन लगानी सोच ।
– न्युन जोखिम उचित प्रतिफल ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here