सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न प्रस्थान

फाइलफोटो

काठमाडौं, १५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् ।

चार्टड उडानमार्फत उनी सीपीएल खेल्न बिहिबार प्रस्थान गरेका हुन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उनी पीपीई लगाएर विमानस्थल पुगेका थिए ।

उनि आइतबार मात्रै वेष्ट इन्डिज पुग्नेछन् । सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा हुने भएको छ ।

अगस्त १८ बाट सुरु हुने सीपीएलको खेल प्रतियोगिता बन्द रंगशालामा हुनेछ । उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारियर्स भिड्नेछन् ।

यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ ।

सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here