नेप्से परिसूचक ७.५३ अंकले बढ्यो, १० वटा कम्पनीको मूल्यमा सर्किट

काठमाडौं, १५ साउन । लगातार तीन दिनको ओरोलो लागेको सेयर बजारले गति लिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार हरियाली भएर बन्द भएको छ ।

बिहिबार सेयर नेप्से नेप्से रिसूचक ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३४ लाख ३० हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् ।

आज नेप्सेमा सबै समूहमा हरियाली छाएका छन् । क वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ४६ अंकले सकारात्मक भएको छ । सँगसँगै सबै उपसूचकहरू सकारात्मक देखिएका छन् ।

आज १० वटा कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । बढ्दो बजारमा लगानीकर्ता हाइडोपावरको सेयरमा झुम्मिएका छन् ।

आज पोजेटिभ सर्किट लागेका ९ कम्पनीमध्ये ८ वटा हाइड्रो रहेका छन् । खानीखोला, नेशनल, हिमालयन, जोशी, युनियन लगायत ८ हाइड्रे कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

सबै भन्दा धेरै कारोबार हुनेमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४ हजार ८७ पटक कारोबार भएर ३ लाख ८२ हजार ७ सय बीस कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

उक्त कम्पनीको कारोबारको अन्तमा रु. ५ सय ९९ मा पुगेर बजार बन्द भएको छ । आज घोडाघोडी लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here