साँझ ७ बजेपछि उपत्यका प्रवेशमा रोक, पासबिना अन्तरजिल्ला यात्रामा प्रतिबन्ध

काठमाडौं, १५ साउन । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदर्खि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here