विद्युतीय माध्यमबाट बस भाडा तिर्न सकिने, एनएमबी र एनक्लाउडले ल्याए नयाँ प्रडक्ट

काठमाडौं, १७ साउन । यातायात व्यवसायमा डिजिटल भुक्तानी च्यानल प्रवद्र्घन गर्न एनएमबी बैंक र एन–क्लाउड प्राइभेट लिमिटेडवीच एक सम्झौता भएको छ ।

यी दुई कम्पनीले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी तथा संकलन प्रणाली लागु गर्ने कार्यमा सहकार्यका लागि समझदारी गरेका हुन् ।

यस परियोजनाको शुरुवात किपु बस सेवा प्रा.लि.बाट हुने पनि बताइएको छ ।

यो प्रविधियात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौताले यातायात क्षेत्रमा सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउने बैंकले बताएको छ ।

बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी बस भाडा संकलन प्रणाली लागु गर्ने उद्देश्य लिएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससम्बन्धी थपः

एनएमबीले कञ्चनलाई प्राप्ति गर्ने, १००ः८५ को अनुपात पारित

एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

एनएमबी बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here