‘कोरोना संक्रमणको दोस्रो लहर देखियो, अझै लामो समयसम्म रहन्छ’- डब्ल्युएचओ

काठमाडौं, १८ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वमा कोरोना संक्रमणको दास्रो लहर देखिएको बताएको छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोसले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको त त्यो महामारी अझै महामारीकै अवस्थामा रहेको बताएका हुन् ।

शुक्रबार बसेको डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ।

तर संक्रमणको दोस्रो लहर देखिएको छ, जहाँ अघिल्लो हप्ता संक्रमणका मामिला घटेको थियो, त्यहाँ यतिखेर निकै तीव्र गतिमा संक्रमण फैलिएको उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here