नेशनल लाईफ ईन्स्योरेन्सको १०० औं शाखा कोहलपुरमा

कोहलपुर, १९ बैशाख । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बुधबार कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरे ।

उक्त अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी/आजीवन बीमालेखको शुभारम्भ गरियो ।

बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको बताए ।

नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउँदै उनले अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्नर बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

उनले बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ अरब रुपैया चुक्ता पूँजी हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here