‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा। जागेश्‍वर गौतमले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

गौतमले काठमाडौं तथा काठमाडौं जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्की सरकारको आग्रहको पालना गर्न अनुरोध गरे । लकडाउ अन्य गरेसँगे नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here