नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।

ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । दिउँसो ज्यान गएको उनको सोमबार साँझ आएको कोरोना नतिजा पोजेटिभ मन्त्रालयले जनाएको छ ।

उनी मधुमेहको समस्याबाट ग्रसित रहेको र पछिल्ला दिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचारका क्रममा निधन भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here