जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

नक्सामा भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटिएको छ ।

भारतले जम्मु र कस्मिरको अर्ध स्वतन्त्र हैसियत समाप्त गरेको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले सो क्षेत्रलाई आफ्नो नक्सामा समेटेको हो।

गत वर्षको अगस्ट ५ का दिन भारत सरकारले जम्मु र कस्मिरको हैसियत बदल्दै त्यसलाई केन्द्र शासित क्षेत्र घोषित गरेका थिए।

त्यस्तै पाकिस्तानले भारतको गुजरातस्थित जुनागढ क्षेत्रलाई पनि आफ्नो नक्सामा मिसाएको छ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here