कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, १ करोड १९ लाख संक्रमण मुक्त

फाइलफोटो

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । पछिल्ले २४ घण्टामा ६ हजार २४८ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको हो ।

बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ । १ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here