सुनको मूल्य तोलाको १ लाख नाघ्यो

काठमाडौं, २१ साउन । सुनको मूल्य तोलाकै १ लाख नाघेको छ ।

बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here