विवाह गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाइराखाैं यसबारे केहि भ्रम र वास्तविकता

काठमाडाैं, २० बैशाख । विक्रम सम्बत अनुसार बैशाख महिना चलिरहेको छ, यस महिनालाई विवाहको सिजनको रुपमा पनि लिइन्छ ।

बैशाखमा धेरै मानिसहरुको विवाह हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यो वर्ष बैशाख महिनामा धेरै विवाहको लगनहरु रहेको बताएको छ ।

तपाईं पनि अविवाहित हुनुहुन्छ र विवाह गर्ने सोचमा हुनुहुन्छ भने तपाईंको मनमा धेरै कुराहरु खेलिरहेको छ होला । पक्कै पनि विवाहलाई लिएर तपाईंले धेरै सुन्दर सपनाहरु आँखामा सजाउनुभएको छ होला ।

विवाहलाई लिएर धेरै मानिसहरुमा विभिन्न खालका धारणाहरु रहेका हुन्छन् । विवाहलाई लिएर मानिसहरुमा धेरैखालका भ्रम हुन्छन् जुन वास्तविकतामा सहि हुँदैनन् ।

मानिसहरु विवाहपछि धेरै प्रकारका सकारात्मक र नकारात्मक परिवर्तनहरु हुने तर्क गर्छन । विवाहले मानिसलाई जिम्मेवार र परिपक्व बनाउने धारणा पनि केहीमा हुन्छ ।

धेरै मानिसहरुले विवाह पश्चात उनीहरुको जीवनमा धेरै परिवर्तनहरु हुन्छ भनेर सोच्ने गर्छन् जुन वास्तविकतामा हुँदैन ।
विवाह पश्चात मानिसको जीवनमा केहि परिवर्तनहरु त हुन्छन् नै तर, केहि कुरा यस्ता हुन्छन् जुन विवाह पछि पनि परिवर्तन हुदैन ।

मानिसको जीवनमा विवाहपछि पनि परिवर्तन नहुने कुराहरु निम्न छन्ः

१. व्यक्तित्व

विवाह लगत्तै तपाईंले आफ्नो व्यक्तित्वमा परिवर्तन हुन्छ भनेर सोच्नु गलत हो । विवाहले मानिसको क्षमता र गुणमा कुनै प्रकारको परिवर्तन गर्दैन । विवाह पछि पनि तपाईं पहिले जस्तै रहनु हुन्छ व्यक्तित्वमा त्यस्तो ठूलो भिन्नता देखिँदैन ।

२. अचानक जीवन सुन्दर हुदैन

यदि तपाईं विवाह पछि जीवन अचानक सुन्दर हुन्छ भन्ने सोच्दै हुनु हुन्छ भने, त्यहाँ तपाईं गलत हुनु हुन्छ । विवाहले तपाईंको जीवनमा केहि परिवर्तनहरु निश्चित रुपमा ल्याउछ तर विवाह तगत्तै तपाईंको जीवन फुलैफुलको ओछ्यान जस्तो भने हुदैन् सुन्दर हुँदैन । विवाहपछि पनि तपाईंको जीवनमा समस्याहरु आउन सक्छन् ।

३. आफ्नो सम्बन्ध

यदि तपाईं विवाह हुनासाथ आमाबुबा र साथीहरुसंगको सम्बन्धमा परिवर्तन आँउछ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । विवाह पछि पनि उनीहरु संगको सम्बन्ध विवाह अघि जस्तो थियो उस्तै रहन्छ ।

४. परिपक्वता र व्यवहारिकता

धेरैजसो मानिसहरु विवाह लगत्तै परिपक्व र व्यवहारिक हुन्छु भन्ने सोच्छन्, तर यो पुर्ण सत्य भने होईन् । विवाह पछि तपाईंको सोच्ने क्षमतामा थोरै परिवर्तन हुन सक्छ तर यसलाई परिपक्क वा व्यवहारिक भएको मान्न सकिदैन् ।

५. जीवनका समस्याहरु

यदि तपाईंलाई विवाह एक जादुको छडि जसले जीवनका सम्पुर्ण समस्याहरु समाधान गरिदिन्छ भन्ने लाग्छ भने यो एक भ्रम मात्रै हो । वास्तविकतामा यस्तो हुने कुरा सम्भब छैन् ।

तपाईंको जीवनका धेरै समस्याहरुको विवाहसँग कुनै सम्बन्ध नै हुँदैन । धेरै समस्याहरु उस्तै रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here