उपत्यकासहित यी जिल्लामा विहिबारदेखि जोर विजोर प्रणाली

फाइलफोटो

काठमाडौं, २१ साउन । सरकारले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोली मिति २०७७–०४–२२ गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन्।

अब काठमाडाैं उपत्यकाका काठमाडाै‌ं ललितपुर र भक्त्तपुरसहित ती जिल्लाहरुमा जाेर विजाेर प्रणाालीका आधारमा सवारी साधन चलाउन पाइने छ।

यससम्बन्धी थपः

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

नेप्से परिसूचक २१.६४ अंकले घट्यो, १ अर्ब २३ करोडको कारोबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here